दफा ४५
गहना र अन्य सम्पत्तिको व्यवस्था गर्न
(१) राजगुठीका देवी–देवतालाई चढाएको गहना, भाँडाकुँडा र अन्य जिन्सी सम्पत्तिको सुरक्षाको लागि संस्थानले आवश्यक व्यवस्था गर्नेछ ।
(२) देवी–देवतालाई चढाएको गहना र अन्य सम्पत्ति जाँच्दा मनासिब कारणले बाहेक नपुग भएको देखिएमा संस्थानले सो जिम्मा लिने व्यक्तिबाट भर्ना हाल्न लगाउन सक्नेछ र त्यसरी सट्टा भर्ना नहालेमा संस्थानले बिगो बमोजिमको रकम त्यस्तो व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्नेछ ।